शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिइन्


शिक्षामन्त्री विद्या भट्टराईले पदबाट राजीनामा दिइन्
  • नवकिरण
  • बैशाख ८, २०८२

काठमाडौँ, वैशाख ८ – शिक्षामन्त्री विद्या भट्टराईले आफ्नो पदबाट राजीनामा दिएकी छन्। सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी उनले आफ्नो राजीनामा पत्र बुझाएकी हुन्।

पछिल्ला केही समयदेखि देशभर शिक्षक आन्दोलन चर्किरहेको छ। शिक्षकमाथि सरकारले चासो नदिएको भन्दै आन्दोलनमा उत्रिएका शिक्षकहरूको विभिन्न माग सम्बोधन हुन नसक्दा आलोचना हुँदै आएको थियो। यही सन्दर्भमा शिक्षामन्त्री भट्टराईले राजीनामा दिएको बताइएको छ।

प्रधानमन्त्री ओली र शिक्षामन्त्री भट्टराईबीच शिक्षासम्बन्धी नीतिहरूमा पटक–पटक मतभेद देखिँदै आएको थियो। उनीबीचको सोही विवाद अन्ततः राजीनासम्म पुगेको बुझिएको छ। मन्त्री भट्टराईको राजीनामा प्रधानमन्त्रीलाई बुझाइएको जानकारी उनको निजी सचिवालयले दिएको छ।