पूर्वराजा ज्ञानेन्द्रद्वारा राप्रपाका नेतासँग लन्च मिटिङ


पूर्वराजा ज्ञानेन्द्रद्वारा राप्रपाका नेतासँग लन्च मिटिङ
  • नवकिरण
  • बैशाख ६, २०८२

काठमाडौं, वैशाख ६ – पूर्वराजा ज्ञानेन्द्र शाहले राप्रपाका सात नेताहरूलाई निर्मल निवासमा बोलाएर लन्च मिटिङ गरेका छन्। अध्यक्ष राजेन्द्र लिङ्देनसहित पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र ज्ञानेन्द्र शाही सहभागी थिए।

स्रोतका अनुसार करिब डेढ घण्टा चलेको छलफलमा पूर्वराजाले राजतन्त्रको पक्षमा जनमत बढेको भए पनि राजावादी समूह एकताबद्ध हुन नसकेको गुनासो गरेका थिए। उनले राजावादी आन्दोलन एकढिक्का भएमा बलियो बन्ने धारणा राखेका थिए।

छलफलमा नवराज सुवेदी नेतृत्वको आन्दोलन समिति र तीनकुने आन्दोलनबारे पनि कुरा भएको जनाइएको छ। नेताहरूले भने छलफलबारे विस्तृत रूपमा खुलाउन चाहेनन्।