गोरखामा प्रचण्डलाई भेडाको ऊनको हाफकोट उपहार


गोरखामा प्रचण्डलाई भेडाको ऊनको हाफकोट उपहार
  • नवकिरण
  • बैशाख १२, २०८२

गोरखा, वैशाख १२ – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गोरखामा स्थानीय उत्पादन भेडाको ऊनबाट निर्मित हाफकोट उपहार दिइएको छ।

बारपाक भ्रमणका क्रममा बिहीबार पुगेका प्रचण्डलाई शुक्रबार बिहान गोरखा–बारपाक निवासी ‘रोसनी आमा’ले आफैंले बुनेको हाफकोट उपहारस्वरूप प्रदान गरेकी हुन्।

अध्यक्ष प्रचण्ड बारपाक आउन लागेको खबर पाएपछि आफूले उहाँलाई उपयुक्त हुने गरी हाफकोट बुनेको रोसनी आमाले बताइन्।

स्थानीयस्तरको उत्पादनलाई सम्मान गर्दै दिइएको उपहारलाई प्रचण्डले खुसी हुँदै स्वीकार गरेका थिए।