नेपाल सधैं आतंकवादको विपक्षमा रहने : परराष्ट्रमन्त्री डा. आरजु राणा


नेपाल सधैं आतंकवादको विपक्षमा रहने : परराष्ट्रमन्त्री डा. आरजु राणा
  • नवकिरण
  • बैशाख १३, २०८२

काठमाडौं, वैशाख १३ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल सदैव आतंकवादको विपक्षमा उभिँदै आएको र सबै प्रकारका आतंकवादी गतिविधिको कडा शब्दमा निन्दा गर्ने बताएकी छन्।

नेपालस्थित भारतीय दूतावासले काश्मिरको पहलगाममा भएको आतङ्कवादी हमलामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री राणाले नेपाल सधैं शान्तिको पक्षमा रहेको प्रस्ट पारिन्।

‘नेपालले जुनसुकै स्वरुपको आतंकवादको कडा निन्दा गर्दछ र कुनै पनि आतङ्कवादी समूहलाई आफ्नो भूमि प्रयोग गर्न दिन्न,’ उनले भनिन्।

उनले भारत सरकारलाई नेपाली युवा सुदीप न्यौपानेको शव नेपाल ल्याउन सहयोग गरेकोमा धन्यवाद दिँदै भारतसँगको गहिरो सम्बन्धलाई पनि स्मरण गरिन्। मन्त्री राणाले आतङ्कवादी हमलामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिन्।