भक्तपुरमा बसको ठक्करले १० वटा दुईपांग्रे सवारीसाधनमा क्षति


भक्तपुरमा बसको ठक्करले १० वटा दुईपांग्रे सवारीसाधनमा क्षति
  • नवकिरण
  • बैशाख १०, २०८२

भक्तपुर, वैशाख १० – भक्तपुरको च्याम्हासिंहस्थित लिवालीमा बसको ठक्करबाट पार्किङ गरेर राखिएका १० वटा दुईपांग्रे सवारीसाधनमा क्षति पुगेको छ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीका अनुसार च्याम्हासिंहबाट जगातेतर्फ जाँदै गरेको बा.३ ख ५०४७ नम्बरको बसको ब्रेक फेल भएपछि दुर्घटना भएको हो। उक्त बसले ठक्कर दिँदा पार्किङमा राखिएका ३ वटा स्कुटर र ७ वटा मोटरसाइकलमा क्षति पुगेको प्रहरीको भनाइ छ।

दुर्घटनापछि बस चालक महोत्तरीको बर्दिबास नगरपालिका–४ घर भएका २३ वर्षीय बिरबल मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर, भक्तपुरले जानकारी दिएको छ।