तीनकुने प्रदर्शनमा संलग्न थप एकजना राजावादी पक्राउ


तीनकुने प्रदर्शनमा संलग्न थप एकजना राजावादी पक्राउ
  • नवकिरण
  • बैशाख ६, २०८२

काठमाडौं, वैशाख ६ – तीनकुनेमा चैत १५ गते भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा संलग्न सन्तोष कुमार सिलवाल (सन्तोष राजावादी) पक्राउ परेका छन्।

नेपाल प्रहरीको सीआईबी टोलीले उनलाई कोटेश्वरको महादेवस्थानस्थित आफन्तको घरबाट गएराति पक्राउ गरेको हो। ३४ वर्षीय सिलवाललाई जिल्ला प्रहरी परिसर, काठमाडौंको जिम्मा लगाइएको छ।

उक्त प्रदर्शनमा निषेधित क्षेत्र तोड्न खोजिएको र सार्वजनिक सम्पत्तिमा तोडफोड तथा आगजनी भएको थियो। सो क्रममा एक प्रहरी र एक प्रदर्शनकारीको ज्यान गएको थियो।

प्रहरीले हालसम्म घटनासँग सम्बन्धित भन्दै करिब २ सय जनालाई पक्राउ गरेको छ। तीमध्ये ८२ जनाविरुद्ध अदालतबाट म्याद लिएर अनुसन्धान भइरहेको एसपी अपीलराज बोहराले जानकारी दिए।