काठमाडौं, २८ चैत । संघीय संसदका तीनवटा समितिको बैठक बस्दैछ । संसद सचिवालय, सिहदरवार परिसरमा तीनैवटै समितिको बैठक बस्न लागेको हो ।
जसअनुसार पूर्वाधार विकास समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ। जुन बैठकमा विद्युत विधेयक, २०८० माथि दफावार छलफल जारी रहने भएको छ ।
उता, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा भने चालु आर्थिक बर्ष ०८१।०८२ को बजेटको खर्चको स्थिति र अगामी आर्थिक वर्ष ०८२।०८३ को बजेटको तयारी सम्बन्धमा छलफल हुनेछ । जुन बैठक बिहान १०ः०० बजेवाट सुरू हुने जनाइएकाे छ ।
विधायन व्यवस्थापन समितिको बैठकमा भने पुरानै अजेन्डा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको छ। जुन बैठक बिहान ११ः०० बजे बाेलाइएकाे छ ।