काठमाडौं, वैशाख ११ – आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक बस्ने भएको छ। बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बिहान ९ः१४ बजेपछि सुरु हुने जानकारी प्राप्त भएको छ।
बैठकमा संसद्को आगामी अधिवेशनसँग सम्बन्धित विषयहरूमा छलफल गरिनेछ। साथै, पार्टीको केन्द्रीय समिति बैठक (मिति २०८२ वैशाख ४ गते) ले संसदीय दललाई दिएको निर्देशनबारे समेत बैठकमा चर्चा हुने बताइएको छ।
पार्टी स्रोतका अनुसार, बैठकमा सांसदहरूको भूमिकालगायत विविध समसामयिक राजनीतिक विषयमा पनि विचार–विमर्श हुने अनुमान गरिएको छ।