जम्मु–कश्मिरको पहलगाममा आतंकवादी हमला : एक नेपालीसहित २६ जनाको मृत्यु


जम्मु–कश्मिरको पहलगाममा आतंकवादी हमला : एक नेपालीसहित २६ जनाको मृत्यु
  • नवकिरण
  • बैशाख १०, २०८२

भारत, वैशाख १० – भारतको जम्मु–कश्मिरस्थित पहलगाममा भएको आतंकवादी हमलामा एक नेपाली नागरिकसहित कम्तीमा २६ जनाको ज्यान गएको छ। उक्त भीषण आक्रमणमा १७ जना घाइते भएका छन्।

भारतीय सञ्चार माध्यमहरूका अनुसार मंगलबार दिउँसो पहलगामको बाइसरन उपत्यकामा बन्दुकधारी आतंकवादी समूहले आक्रमण गरेका हुन्। हमलामा परी नेपाली नागरिक सन्दीप न्यौपानेको ज्यान गएको पुष्टि भएको छ। यद्यपि, उनको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।

मृतकमध्ये हालसम्म दुई जना विदेशी नागरिक, एक भारतीय नौसेना जवान तथा दुई जना स्थानीय बासिन्दाको पहिचान खुलेको बताइएको छ। घाइतेहरूको उपचार नजिकको अस्पतालमा भइरहेको छ भने सुरक्षाकर्मीहरू घटनास्थलमा परिचालित छन्।

भारत सरकारले उक्त घटनाको तीव्र निन्दा गर्दै दोषीमाथि कडा कारबाही गरिने जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।