आज २०८२ वैशाख १ गते सोमबारको राशिफल यस्तो रहेको छ।
🌞 मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आजको दिन तपाईंको लागि शुभ रहनेछ। कार्यक्षेत्रमा मान–प्रतिष्ठा बढ्नेछ। समाजमा नयाँ जिम्मेवारी प्राप्त हुनेछ। पदोन्नतिको योग छ। दाम्पत्य जीवनमा केही मनमुटाव हुन सक्छ, तर संवादद्वारा समाधान सम्भव छ। स्वास्थ्य सबल रहनेछ।
🌱 वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आजको दिन सामान्य रहनेछ। कार्यक्षेत्रमा अरूको विवादास्पद जिम्मेवारी बहन गर्नुपर्ला। वैदेशिक रोजगारको मामलामा सफलता मिल्नेछ। धैर्य र पराक्रमले अप्ठ्यारा परिस्थितिहरूलाई पनि सजिलो बनाउन सकिनेछ। व्यापार व्यवसायमा थप लगानी लगाउनको लागि उपयुक्त समयको प्रतीक्षा गर्नुहोस्।
🌿 मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आजको दिन तपाईंको लागि उत्तम रहनेछ। धैर्य र पराक्रममा वृद्धि हुनेछ। साहसिक निर्णयहरू लिने समय रहेको छ। आफ्नो व्यवहार कुशलताले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। शत्रुहरू पराजित हुनेछन्। प्रतिस्पर्धात्मक कार्यमा सफलता प्राप्त हुनेछ। घरपरिवारमा भाइबहिनीहरूबाट सहयोग मिल्नेछ।
🌊 कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजको दिन सामान्य रहनेछ। कार्यक्षेत्रमा अप्ठ्यारा परिस्थितिहरूको सामना गर्नुपर्नेछ। विरोधीहरू सक्रिय रहनेछन्। धार्मिक तीर्थयात्रा आदिको सौभाग्य मिल्नेछ। व्यापार व्यवसायमा श्रम अनुसार सफलता मिल्न अलि गाह्रो देखिएको छ। उच्च अधिकारीहरूबाट सोचेजस्तो सहयोग नमिल्ला।
🔥 सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आजको दिन सबल रहनेछ। युवाहरूको लागि करियरलाई अगाडि बढाउन नयाँ बाटाहरू खुल्नेछन्। कार्यक्षेत्रमा कुनै पनि कार्य अरूको विश्वासमा नछोड्नुहोस्। प्रेम सम्बन्धलाई विवाहमा टुङ्ग्याउन सक्नुहुनेछ। सरूआ हुने बलियो समय देखिएको छ। अध्ययनमा प्रगति हुनेछ।
🌾 कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आजको दिन मध्यम रहनेछ। अप्ठ्यारो परिस्थितिमा आफन्त वा शुभचिन्तकहरूबाट सहयोग मिल्नेछ। प्रतियोगी परीक्षामा सफलता मिल्नेछ। व्यापार व्यवसायमा नयाँ प्रतिद्वन्दीहरू बढ्नेछन्। कार्यक्षेत्रमा प्रतिष्ठा बचाउनको लागि संघर्ष गर्नुपर्ला। हतारमा लिएका निर्णयहरूले हानि नोक्सानीको सम्भावना छ।
⚖️ तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आजको दिन श्रेष्ठ रहनेछ। कानुनी मुद्दा मामलाहरूमा विजयी भइनेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। जीवन साथीसँगको वैचारिक मतभेद सुल्झिनेछ भने आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। नयाँ कारोबार थालनी वा लगानीको लागि उपयुक्त समय रहेको छ। साझेदारी व्यापारबाट लाभ मिल्नेछ।
🦂 वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आजको दिन सामान्य रहनेछ। आर्थिक पक्ष सबल बनाउनको लागि परिश्रमबाट टाढा नभाग्नुहोस्। राजनीतिक क्षेत्रमा संवेदनशील मामलाहरूमा बोल्दा शब्द चयनमा विशेष ध्यान दिनुहोस्। पारिवारिक सम्बन्धलाई सबल बनाउनको लागि परिवारको कुरालाई पनि महत्व दिनुहोस्। वैदेशिक क्षेत्रबाट शुभ समाचार मिल्नेछ।
🏹 धनु (ये, यो, भा, भि, भु, ध, फा, ढ, भे)
आजको दिन अत्यन्त श्रेष्ठ रहनेछ। भाग्यको साथ मिल्नाले अप्ठ्यारो काम पनि समयमा सम्पादन हुनेछन्। नयाँ व्यवसायको जग राखिनेछ। पिताको कार्यक्षेत्रमा पदोन्नति हुनु साथै धार्मिक यात्राका योग बनिरहेका छन्। कला र संगीतको क्षेत्रमा राम्रो अवसर मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ।
🐐 मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आजको दिन अत्यन्त शुभ रहनेछ। पिताको कार्यक्षेत्रमा सम्मान बढ्नेछ। लोकसेवा आदिको परिणाममा सफलता मिल्नेछ। सरकारी नोकरीको लागि प्रयासरत हुनुहुन्थ्यो भने सफलता मिल्नेछ। बेरोजगारहरूलाई नयाँ नोकरीको मार्ग प्रशस्त हुनेछ। भूमि भवनको किनबेचबाट मनग्य लाभ प्राप्त हुनेछ।
🌬️ कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आजको दिन शुभ फलदायी रहनेछ। प्रशासनिक क्षेत्रमा प्रभाव बढ्नेछ। माननीयजनहरूबाट प्रशंसा मिल्नेछ। आर्थिक पक्ष सबल रहनुका साथै नयाँ व्यापार विस्तारको लागि पनि समय उपयुक्त रहेको छ। आँटेको काममा सफलता मिल्नेछ। अस्थायी नोकरीलाई स्थायी बनाउन उपयुक्त समय रहेको छ।
🐟 मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आजको दिन सामान्य रहनेछ। महत्वकांक्षी योजना सम्पादन नहोलान। समाजमा इष्टमित्रहरूको साथ मिल्ने तथा नयाँ मित्रको सम्पर्कले रोकिएको कार्यसम्पादन हुनेछ। पुराना मित्रहरू संगै घरपरिवारमा मनमुटाव हुन सक्ला।