मन्त्रालय प्रवेश नगरी फर्किए शिक्षक नेता


मन्त्रालय प्रवेश नगरी फर्किए शिक्षक नेता
  • नवकिरण
  • बैशाख १२, २०८२

काठमाडौँ, वैशाख १२ – सरकारसँग वार्ताका लागि गएको भनिएको नेपाल शिक्षक महासंघको टोली शुक्रबार शिक्षा मन्त्रालय प्रवेश नगरी फर्किएको छ।

महासंघ अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले नवनियुक्त शिक्षामन्त्रीलाई बधाई दिन मात्रै सिंहदरबार गएका बताएका छन्। उनले फेसबुकमा लेख्दै “विशेष कारणले आज मन्त्रालय प्रवेश नगरी फर्किएको” जानकारी गराएका हुन्।

उनका अनुसार मन्त्रालयले सार्वजनिक गरेको २५ सदस्यीय वार्ता टोलीको नामावली महासंघले तयार गरेको होइन।

यसअघि सरकारले आन्दोलनरत शिक्षकहरूलाई वार्ताका लागि आह्वान गरेको थियो। शिक्षामन्त्री रघुजी पन्तले शिक्षकहरूलाई लचिलो भएर वार्तामा आउन आग्रह गरेका थिए। संविधान, कानुन र बजेटको सीमाभित्र रहेर समाधान खोजिने उनले बताएका छन्।