रिहा भएलगत्तै भारत जान लागेका राप्रपाका महामन्त्री धवलशमशेर राणा


रिहा भएलगत्तै भारत जान लागेका राप्रपाका महामन्त्री धवलशमशेर राणा
  • नवकिरण
  • बैशाख ८, २०८२

काठमाडौँ, वैशाख ८ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवलशमशेर राणा रिहा भएलगत्तै भारत जान लागेका छन्। मुम्बईमा क्यान्सरको फलोअप उपचार गराउन उनी केही दिनमै भारत प्रस्थान गर्ने तयारीमा रहेको राप्रपाका नेता जनकराज पाठकले जानकारी दिए।

धवलशमशेर राणाको केही महिनाअघि गिजाको क्यान्सरको उपचार गरिएको थियो र त्यसको निरन्तर फलोअप भइरहेकाे छ। चिकित्सकले वैशाख १५ गतेका लागि फलोअपको समय दिएको बताइएको छ।

उपचारकै लागि भनेर उनलाई प्रहरीले गएराति रिहा गरेको हो। राणालाई गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको थियो। उक्त दिन राजावादी समूहको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार राणाको बयान सकिएको छ र अब आवश्यक परेमा उपस्थित गराउने सर्तमा परिवारको जिम्मामा जमानीमा रिहा गरिएको हो।