काठमाडौँ, वैशाख १४ – नयाँ बानेश्वरमा प्रहरीसँगको झडपमा एक दर्जनभन्दा बढी शिक्षक घाइते भएका छन्। घटना पछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार बैठकमा आजको घटनासँगै आन्दोलनको आगामी रणनीतिबारे छलफल हुनेछ।
प्रहरीले निषेधित क्षेत्र तोड्न खोजेका शिक्षकहरूमाथि लाठी प्रहार र पानीको फोहोर प्रहार गरेपछि शिक्षकहरूले प्रतिकार गरेका थिए।