शंखरापुरमा खुकुरी प्रहार : श्रीमतीको मृत्यु, दुई सन्तान घाइते


शंखरापुरमा खुकुरी प्रहार : श्रीमतीको मृत्यु, दुई सन्तान घाइते
  • नवकिरण
  • बैशाख १०, २०८२

काठमाडौं, वैशाख १० – काठमाडौंको शंखरापुर नगरपालिका–९ सानागाउँमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या र दुई सन्तानलाई घाइते बनाउने घटनामा संलग्न एक व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा रामेछापको खाँडादेवी घर भई हाल सानागाउँमा बसोबास गर्दै आएका ५९ वर्षीय पदमबहादुर तामाङ रहेका छन्। उनले आइतबार राति खुकुरी प्रहार गरी आफ्नी ४५ वर्षीया श्रीमती पुतली तामाङको हत्या गरेको प्रहरीले जनाएको छ।

घटनामा तामाङका १० वर्षीया छोरी सन्जिता र ११ वर्षीय छोरा रिदम पनि गम्भीर घाइते भएका छन्। उनीहरुको हातखुट्टामा खुकुरी प्रहारबाट गहिरो चोट लागेको छ र हाल उनीहरूको उपचार भइरहेको छ।

प्रहरीका अनुसार घटनापछि फरार रहेका तामाङलाई केही समयमै नियन्त्रणमा लिइएको हो। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।