१२ दिनको अस्पताल बसाइपछि पूर्व डिआइजी छविलाल जोशी पुनः थुनामा


१२ दिनको अस्पताल बसाइपछि पूर्व डिआइजी छविलाल जोशी पुनः थुनामा
  • नवकिरण
  • बैशाख ७, २०८२

बुटवल, वैशाख ७ – सुप्रिम सहकारी प्रकरणमा संलग्न भई थुनामा रहेका पूर्व डिआइजी छविलाल जोशी १२ दिनको अस्पताल बसाइपछि आइतबार पुनः कारागारमा फर्किएका छन्।

गोर्खा मिडिया हिनामिना सम्बन्धी मुद्दामा माघ महिनादेखि भैरहवा जिल्ला कारागारमा थुनामा रहेका जोशीलाई स्वास्थ्यमा समस्या देखिएपछि चैत २६ गते भैरहवाको युनिभर्सल मेडिकल कलेजमा भर्ना गरिएको थियो।

जिल्ला कारागार भैरहवाका प्रशासक सुरेश भण्डारीका अनुसार जोशीलाई प्रेसर र ईन्जायटिक समस्याका कारण अस्पताल लगिएको थियो। उपचारपछि आज उनलाई पुनः कारागार ल्याइएको हो।

यसअघि माघ २८ गते जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्टकुमार घिमिरेको इजलासले पुर्पक्षका लागि उनलाई थुनामा पठाउने आदेश दिएको थियो।