|Oplus_131072
कपिलवस्तु, वैशाख ५ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कपिलवस्तु जिल्ला समितिले वाणगंगा नगरपालिकालाई ज्ञापनपत्र बुझाउँदै बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक निर्माणका क्रममा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खनन तत्काल रोक्न माग गरेको छ।
नेकपाले निर्माण कम्पनीले सम्झौताभन्दा बढी उत्खनन गरी राज्यको सम्पत्ति दोहन गरेको र स्थानीय ऐन, नियम तथा वातावरणीय सन्तुलन उल्लंघन भएको आरोप लगाएको छ।
ज्ञापनपत्रमा ७ बुँदे माग राखिएको छ, जसमा अवैध उत्खननमा संलग्नहरूको विवरण सार्वजनिक गर्नुपर्ने, दोहोरो डम्पिङ र मापदण्डविपरीतका कार्य रोक्नुपर्ने, गहिरो खनाइ नहुने गरी प्राविधिक खटाइनुपर्ने जस्ता विषय समेटिएको छ।
माग पूरा नभए सम्पूर्ण जिम्मेवारी वाणगंगा नगरपालिकाले लिनुपर्ने चेतावनी पनि नेकपाले दिएको छ। पार्टीको यस कदमले नदीजन्य पदार्थको दोहनबारे सार्वजनिक चासो थपेको छ।