रवि लामिछानेको मुद्दामा सर्वोच्चको आदेश : मिसिलका कागजात माग


रवि लामिछानेको मुद्दामा सर्वोच्चको आदेश : मिसिलका कागजात माग
  • नवकिरण
  • बैशाख २, २०८२

काठमाडौँ, वैशाख  २ – सर्वोच्च अदालतले पत्रकार रवि लामिछानेको मुद्दामा रुपन्देही जिल्ला अदालतसँग मिसिलमा रहेका सम्पूर्ण कागजात १५ दिनभित्र पेश गर्न आदेश दिएको छ।

सुप्रिम सहकारी ठगी प्रकरणमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले लामिछानेलाई चैत २२ गते थुनामा पठाउने आदेश दिएको थियो। सो आदेशविरुद्ध उनले ‘थुनुवा दफा ७३’ अन्तर्गत सर्वोच्चमा निवेदन दिएका थिए।

न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासले उक्त निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतको लिखित कैफियतसहित जिल्ला अदालतको मिसिल मागेको हो। कागजात डिजिटलाइज गरेर पठाउन भनिएको सर्वोच्चले जनाएको छ।