काठमाडौं, वैशाख १५ – नेकपा (एमाले) ले वडा कमिटीहरूलाई ४० वर्षमुनिका युवाको रोष्टर तयार पार्न निर्देशन दिएको छ।
आइतबार बसेको केन्द्रीय संगठन विभागको २२ औं बैठकले युवामाझ पार्टीको आकर्षण घट्दै गएको निष्कर्ष निकाल्दै प्रत्येक वडाबाट युवाको सूची विवरणसहित माग गरेको हो।
वैशाख ११ गते आयोजित ‘युथ सेलिब्रेसन’ कार्यक्रममा अपेक्षित सहभागिता नदेखिएको भन्दै एमालेले संगठन बलियो बनाउन युवा नेतृत्व विकासमा जोड दिएको छ।
साथै, विदेशमा रहेका नेपाली युवाको पनि नाम र ठेगाना संकलन गर्न निर्देशन दिइएको छ।