आज वैशाख १५ गतेको राशिफल यस प्रकार रहेको छ:
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ):
नयाँ कार्यको थालनी हुनेछ, अधिकारबाट आश्वासन पाइनेछ। यात्रा गर्दा सावधान रहनुहोस्।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो):
योजनाबद्ध काममा सफलता मिल्नेछ। पारिवारिक जमघट रमाइलो हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा):
आँटेको काम पूरा हुनेछ। टाढिएका आफन्तसँग भेटघाटले खुसी मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो):
इच्छा र मेहनतले लक्ष्यमा पुग्न सकिनेछ। आम्दानी सामान्य रहनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे):
मेहनतले राम्रो सफलता पाउनेछ। विद्यार्थीलाई फाइदा हुनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो):
काममा प्रभाव जमाउन सकिनेछ। व्यापार र राजनीति दुवैमा लाभ हुनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते):
दाम्पत्य जीवन राम्रो हुनेछ। साझेदारी व्यापारबाट फाइदा हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु):
परिजनको सहयोगले बिग्रिएको काम बन्नेछ। यात्रा गर्दा सचेत रहनुहोस्।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे):
प्रतिस्पर्धा जित्ने योग छ। मेहनतले नाम र आर्थिक सबलता मिल्नेछ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि):
नयाँ काम थालनी हुनेछ। आकस्मिक धनलाभको सम्भावना छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा):
लक्ष्य हासिल गर्न सजिलो हुनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि):
वैदेशिक अवसरमा सफलता मिल्नेछ। खर्च र सवारीमा सतर्क रहनुहोस्।