काठमाडौँ, वैशाख १३ – भारतको काश्मीरस्थित पहलगाममा आतङ्ककारी हमलामा परी बुटवलका २७ वर्षीय सुदीप न्यौपानेको निधन भएको घटनाको विरोधमा राप्रपाले काठमाडौँस्थित पाकिस्तान दूतावासअगाडि प्रदर्शन गरेको छ।
राप्रपाले आतङ्कवादविरुद्ध ऐक्यबद्धता जनाउँदै प्रदर्शन गरेको हो। साथै, पाकिस्तानी सेनाका जनरल असिम मूनिरको हिन्दु समुदायविरुद्धको अभिव्यक्तिको पनि विरोध गरिएको छ।