धरान, वैशाख १० – धरान उपमहानगरपालिका वडा नम्बर ११ मा सडक र ड्रेन निर्माणसम्बन्धी विवाद मिलाउन पुगेका नगर प्रमुख हर्क साम्पाङविरुद्ध उजुरी परेको छ।
नगरकोट टोल विकास संस्थाका अध्यक्ष सन्तोष लिम्बुले साम्पाङ, वडा अध्यक्ष लोकेन्द्र फागो र ‘चङ्खे’ भनिने जोन लिम्बूविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिएका हुन्।
लिम्बूले विवाद मिलाउने क्रममा नगर प्रमुख साम्पाङकै उपस्थितिमा आफूलाई जोन लिम्बूले हातपात प्रयास गरेको आरोप लगाएका छन्। घटनापछि लिम्बूले अभद्र व्यवहारको कसुरमा उजुरी दिँदै दोषीमाथि कारबाहीको माग गरेका छन्।
सो विवाद मास्तिरको क्षेत्रमा मात्रै बजेट खर्च गर्ने विषयमा उत्पन्न भएको हो।