आज वैशाख ८ गतेको राशिफल


आज वैशाख ८ गतेको राशिफल
  • नवकिरण
  • बैशाख ८, २०८२

आज वैशाख ८ गतेको राशिफल यस प्रकार रहेको छ:

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज तपाईंको सोच अनुसार सबै कुरा बन्दै जानेछ। कार्यक्षेत्रमा तपाईंको कार्यको प्रशंसा हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ र घरपरिवारसँग तीर्थस्थान वा मठ मन्दिरमा भ्रमणका योग छन्।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आफन्तहरूको सल्लाहले कार्यक्षेत्रमा राम्रो निर्णय लिन सक्नुहुनेछ। मिठो बोलिको माध्यमले धेरै कार्यहरू सम्पादन हुनेछन्। स्वास्थ्य सम्बन्धी क्षेत्रबाट विशेष लाभ प्राप्त हुने योग छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

उत्साहमा वृद्धि हुनेछ। पारिवारिक विषयवस्तुमा कुनै विवाद चलिरहेको थियो भने सुल्झिनेछ। पशुपालन वा कृषिबाट लाभ आर्जन गर्न सकिनेछ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

पारिवारिक खर्चमा नियन्त्रण राख्नुहोस्। व्यापार व्यवसायमा अति आवश्यकता भएमा मात्रै थप लगानी गर्नुहोला। प्रशासनिक क्षेत्रमा सफलता मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

कार्यक्षेत्रमा सकेसम्म कुनै पनि कार्य अधुरो नछोड्नुहोस्। व्यापार व्यवसायमा लाभ रहनेछ। भावनात्मक सम्बन्ध सुमधुर रहनेछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

नोकरी वा पेशामा उच्च अधिकारीहरूबाट सम्मान मिल्नेछ। माताको स्वास्थ्य सम्बन्धी समस्याले मन अशान्त रहनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

सुख र धनको प्राप्ति हुनेछ। आफन्त वा मित्रहरूको सहयोग मिल्नेछ। यात्रा गर्दा सावधान रहनुहोस्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कार्यक्षेत्रमा परिणामको चिन्ता नगरी कार्य गर्नुहोस् सफलता पाउनुहुनेछ। नयाँ सम्पर्कबाट लाभ मिल्नेछ। पारिवारिक समस्याहरूको समाधान हुनेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

कार्यक्षेत्रमा नयाँ योजनाहरूको सुरुवात गर्ने समय रहेको छ। भ्रमणको कोरूपरेखा बन्नेछ। कार्यक्षेत्रमा माननीय जनहरूको सहयोग मिल्नेछ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)

कर्तव्यनिष्ठ भएर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। पुरानो मित्रहरूसँग आकस्मिक भेटघाट हुनाले मन प्रसन्न रहनेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

घरेलु वा सामाजिक कार्यमा व्यस्त रहनुहुनेछ। आस मरिसकेको कार्य बन्नाले मन प्रसन्न रहनेछ। प्रशासनिक वा राजकीय पक्षबाट सहयोग मिल्ला।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

कार्यक्षेत्रमा अतिरिक्त जिम्मेवारी मिल्नेछ। अरुका लागि बुद्धि र धन खर्चनुपर्ला। पिताको स्वास्थ्यलाई लिएर चिन्ता रहनेछ।