काठमाडौँ — तीनकुने घटनामा पक्राउ परेका राप्रपाका महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा हुने भएका छन्।
क्यान्सरका बिरामी राणालाई भारतमा फलोअप गर्नुपर्ने भएकाले जिल्ला प्रहरीको सिफारिसमा सरकारी वकिलको कार्यालयले रिहा गर्न लागिएको हो।
गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि राणा पक्राउ परेका थिए।