काठमाडौं, वैशाख ४ – २७ वर्षअघि जारी गरिएको ‘आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन २०५५’ अन्ततः कार्यान्वयनमा आउने भएको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलको प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएसँगै ऐन कार्यान्वयनको बाटो खुलेको हो। आगामी साउन १ गतेबाट लागू हुनेगरी राजपत्रमा सूचना प्रकाशन गर्ने निर्णय सरकारले गरेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार विगतमा अत्यधिक आयोडिन सेवनका कारण बालबालिकामा विभिन्न स्वास्थ्य समस्या देखिएको थियो।
सन् २०१६ मा गरिएको अध्ययनमा ६–९ वर्षका बालबालिकाको पिसाबमा आवश्यकताभन्दा बढी आयोडिन भेटिएको थियो।