वीरगञ्ज, वैशाख ३ – चालु आर्थिक वर्षको पहिलो नौ महिनामा वीरगञ्ज भन्सार कार्यालयले एक खर्ब २४ अर्ब ७० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
भन्सार कार्यालयका अनुसार साउनदेखि चैत महिनासम्म राजस्व सङ्कलन निरन्तररूपमा हुँदै आएको छ।
साउनमा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब ४७ करोड, कात्तिकमा ११ अर्ब १० करोड, मङ्सिरमा १४ अर्ब ४० करोड, पुसमा १५ अर्ब ४७ करोड, माघमा १४ अर्ब ४४ करोड, फागुनमा १४ अर्ब ६३ करोड र चैतमा १५ अर्ब ४७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ।
भन्सार कार्यालयले राजस्व सङ्कलनमा लक्ष्यअनुसारको प्रगति भैरहेको जानकारी दिएको छ। वीरगञ्ज भन्सार मुलुककै सबैभन्दा व्यस्त नाकामध्ये एक हो र यहाँबाट हुने व्यापारिक गतिविधिले राजस्व सङ्कलनमा ठूलो योगदान दिने गरेको छ।