अमेरिकी नागरिक जुलियन किर्पाल डिपोर्टको प्रक्रियामा, दुई वर्ष नेपाल प्रवेशमा रोक


अमेरिकी नागरिक जुलियन किर्पाल डिपोर्टको प्रक्रियामा, दुई वर्ष नेपाल प्रवेशमा रोक
  • नवकिरण
  • बैशाख १, २०८२

काठमाडौं, वैशाख १ – नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा प्रदर्शनमा सहभागी भएका अमेरिकी नागरिक जुलियन किर्पाल लाई नेपालबाट डिपोर्ट गर्ने प्रक्रिया सुरु गरिएको छ।

अध्यागमन विभागका अनुसार ५८ वर्षीय किर्पाललाई आगामी दुई वर्षसम्म नेपाल प्रवेशमा रोक लगाउने गरी डिपोर्ट गर्न लागिएको हो।

विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार सम्बन्धित कागजातहरू गृह मन्त्रालयमा पठाइसकिएको र गृहको सहमतिसँगै फाइल सदर भइसकेको छ। अब एक/दुई दिनभित्र उनलाई डिपोर्ट गरिने बताइएको छ।

जुलियन १४ चैतमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) द्वारा आयोजित प्रदर्शनमा सहभागी भएका थिए। माइतीघरमा आयोजित उक्त प्रदर्शनमा उनले राजतन्त्रको ब्यानर बोकेको आरोप छ।

प्रहरीले उनलाई नियन्त्रणमा लिएर अध्यागमन विभागमा बुझाएको थियो। सोधपुछका क्रममा जुलियनले आफूले प्रदर्शनको उद्देश्यले गएका नभई घुम्दै जाँदा त्यहाँ पुगेको र कसैले दिएको झन्डा मात्र बोकेको बताएका छन्।

सरकारले कुलमान घिसिङलाई हटाएर हितेन्द्र शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेपछि घिसिङको पक्षमा विभिन्न प्रदर्शनहरू हुँदै आएका छन्।